एजेन्सी । भारी हिमपात भएपछि अमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको छ । त्यस राज्यहरूमा हिमआँधीको पूर्व चेतावनी पनि दिइएको छ ।
एक दशकमा सबैभन्दा धेरै हिमपातका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् । देशभर ६० करोड बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ ।
प्रतिघण्टा ५० माइलको गतिमा आउने भनिएको हिउँ र चिसो हावा मिश्रित आँधी निकै शक्तिशाली अनुमान गरिएको छ । जसले सोमबार मध्य र पूर्वी अमेरिका प्रभावित हुने बताइएको छ ।
पूर्वी क्षेत्रको ओहियो नदी घाँटी हुँदै फैलिएको आँधी सोमबार मध्य एटलान्टिकसम्म पुग्ने अनुमान गरिएको छ । एनओएएको मौसम पूर्वानुमान केन्द्रका अनुसार यो एक दशकपछिकै सबैभन्दा भारी हिमपात हो । हिमपातका कारण हजारौँ हवाई उडान बन्द भएका छन् । सेन्ट लुइस र मिसौरी हवाईअड्डा सबैभन्दा बढी प्रभावित भएको छ ।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

