काठमाडौं । नेपाल थप एक जनालाई मंकीपक्स संक्रमण पुष्टि भएको छ । साउदी अरेबियाबाट फर्किएका ४४ वर्षीय युवकलाई मंकीपक्स पुष्टि भएको हो ।
ती युवामा संक्रमणको शंका भएपछि उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
त्यहाँबाट आएको रिपोर्ट अनुसार उनमा मंकीपक्सको संक्रमण देखा परेको हाे ।
मंकीपक्स पुष्टि भएका ती व्यक्तिको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि गत ५ पुसमा साउदी अरबियाबाटै फर्किएका ३६ वर्षीय युवालाई मंकीपक्स पुष्टि भएको थियो ।












