एजेन्सी । काजाकिस्तानको अक्ताउ सहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ। स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए। विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
काजाकिस्तानको आपतकालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जनाएको छ। समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एयरलाइन्सको रहेको बताएको छ। जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो। तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो। अजरबैजान एयरलाइन्सको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



