काठमाडौं । नेपाल प्रिमियर लिगको फाइनलमा त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा दर्शकमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। डोटी घर भएका अशोक साउद र गणेश साउद पक्राउ परेका हुन् ।
गत शनिबार भएको फाइनल खेलमा केही दर्शकमाथि कुटपिट गर्नुका साथै अपमान गरिएको थियो । साम्प्रदायिक सद्भाव बिगार्ने तथा अपमानजनक व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको र थप व्यक्तिको खोजी भइरहेको काठमाडौं परिसरका एसपी नवराज अधिकारीले बताए।
जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्स्बिच भएको फाइनल खेलमा जनकपुरका केही समर्थकमाथि अभद्र व्यवहार भएकोमा सर्वत्र आलोचना भइरहेको छ।












