काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन्।
प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेललाई बिहान अस्पताल भर्ना गरिएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपति पौडेलको उपचार सुरु गरिएको छ।












