काठमाडौं । नेकपा एमालेलाई काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गराउन पत्राचार गरेको छ ।
दरबारमार्गमा कार्यक्रम गरेर जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गर्दै पत्राचार गरेको हो ।
महानगरपालिकाले शुक्रबार नै एमालेलाई जरिवाना गरिएको पत्र पठाएको छ । ‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नम्बर १ दरवारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध पर्दछ’, नगर प्रहरी निरीक्षक लिलाराज गाछाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।












