Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

पशुपति धर्मशालामा मोहियानी हक लाग्दैन,सम्झौता अन्त्य गर्न सकिन्छ(पूर्णपाठ)

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पशुपति विकास कोषको गौशाला धर्मशाला विवादमा सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। जिल्ला न्यायाधीश कलमप्रसाद पोखरेलले २०८१ साल असोज १६ गते सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो। फैसलामा गौशाला धर्मशालामा मारवाडी सेवा समाजको मोहियानी हक नलाग्ने व्याख्या गरेको छ।

‘मारवाडी सेवा समितिले मिति २०६०/०२/१२ मा पशुपति अमालकोट कचहरीसँग सम्झौता गर्दा स्वीकार गरेको देखिन्छ। वादी मध्ये गौशाला धर्मशालाको तर्फबाट सो संस्थाका महासचिव रोहवरमा साक्षी बसी उक्त तथ्यलाई स्वीकार गरेको देखिन्छ। वादीले पशे गरेको कुनै पनि निर्णय अभिलेखका प्रमाणहरूबाट वादी दावीको जग्गामा मारवादी सेवा समितिको मोही हक रहेको तथ्य प्रमाण पेश हुन सकेको देखिएन,’फैसलामा उल्लेख छ।

Subisu

मोहियानी हकमा मारवाडीहरूको दावी नपुगेको र करारको शर्त पालना नभएको अवस्थामा पशुपति क्षेत्र विकास कोषले सम्झौता अन्त्य गर्नसक्ने फैसलामा भनिएको छ। पशुपति क्षेत्र विकास कोषले पनि पशुपति धर्मशालामा मारवाडी सेवा समितिलाई मोहियानी हक पाउने कुनै प्रमाण नभएको समेत दावी गर्दै आएको छ।

‘करारको शर्त उल्लंघन भएको अवस्थामा करारको प्रथम पक्ष पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकाश कोष) ले करार रद्व गर्न सक्ने प्रावधान भएको देखिंदा उक्त करार अनन्तकालसम्म जनसुकै परिस्थितिमा लागू हुनेगरी करार भएको मान्न मिल्ने देखिएन । यदी प्रतिवादी पक्षले करारको उल्लंघन गरी करार भंग गर्ने निर्णय गरेको मान्ने हो भने पनि करार उल्लंघन भइ विपक्षीको सो कार्यबाट वादीलाई क्षेती पुग्न गएको भए करारको यथावत परिपालना नै अन्तिम एवं एकमात्र विकल्प नभई वादीले क्षतिपूर्ति वा मनासिव माफिकको क्षतिपूर्ति दावी गरी फिराद गर्न सक्ने हुन्छ । त्यसै गरी यी वादी पक्षले करारको शर्त विपरित श्री पशुपति गौशाला धर्मशाला क्षेत्रको सम्पत्तिलाई आर्थिक लाभको श्रोतको रुपमा उपभोग गरी त्यसको मनासिव अंश प्रतिवादी पक्षलाई नवुझाएको हो भने प्रतिवादी पक्षले समेत सो विषयमा क्षतिपूर्ति दावी गरी फिराद उजुर गर्न सक्ने देखिन्छ । करार भएको, लामो समय भएको सो करार समय सापेक्ष परिमार्जन हुनु कुरा सर्वोच्च अदालतको फैसला समेतबाट औल्याइएको देखिएकोमा वादी पक्ष अनिच्छाका कारणले परिमार्जन हुन नसकेको भन्ने प्रतिवादी पक्षको जिकिर देखिएकोले उल्लेखित करारलाई चिरस्थायी एवं अपरिवर्तनीय दस्तावेज मानी उक्त करारलाई निरन्तरता दिई करारको यथावत परिपालना हुनु पर्छ भन्ने वादी दावी मनासिव देखिन आएन ,’फैसलामा भनिएको छ।

धर्मशाला खाली गर्ने विषयमा मारवाडी सेवा समिति र काठमाडौं महानगरपालिका बीच विवाद चलेको थियो। विवादले चर्को रुप लिएपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मारवाडीको कब्जामा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउने कार्य तत्काल रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका थिए । पशु्पति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले शान्ति सुरक्षामा समस्या उत्पन्न भएको भन्दै गौशाला धर्मशाला खाली गराउने काम तत्काल अघि नबढाउन कोषलाई भनेका थिए।

पशुपति क्षेत्र विकास कोषले २०८० साउन १७ मारवाडी समितिसँगको सम्झौता भंग गरेको थियो। कोषको यो सम्झौता भंग गर्ने निर्णय गैरकानुनी रहेको भनी मारवाडी सेवा समिति नेपालले २०८० साउन २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो। २०८१ असोज १६ गते जिल्ला अदालतले कोषको पक्षमा फैसला सुनाएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host