Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी सुल्तानालाई प्रदान

मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी सुल्तानालाई प्रदान

काठमाडौं । यस वर्षको रुद्रलाल मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी मानवअधिकार योद्धा तथा मुक्ति आन्दोलनकी नेतृ सुल्ताना कमललाई दिइएको छ ।

छत्रलक्ष्मी–रुद्रलाल मुल्मी प्रतिष्ठानद्वारा मंगलवार आयोजित सम्मान समारोहमा राष्ट्रिय मानव अधिकारका अध्यक्ष तपबहादुर मगरले सो पुरस्कार सुल्ताना कमललाई प्रदान गरेका थिए ।

Subisu

नेपालका अग्रज समाजसेवी तथा गान्धी प्रचारक मुल्मीले ७ दशकभन्दा बढी समय सामाजिक कार्यमा विताएका थिए । प्रजातान्त्रिक आन्दोलनका अगुवा समेत रहेका मुल्मीले गान्धी आश्रम र असहाय महिलाका लागि गृह स्थापना गरेका थिए । उनलाई सामाजिक क्षेत्रमा एक प्रतिबद्ध मानव अधिकारकर्मी, समाज सुधारक र गान्धी विचार र विचारका प्रवर्द्धकका रूपमा स्मरण गरिन्छ।

उनैको नाममा विगत ४ वर्षदेखि प्रदान गरिंदै आएको पुरस्कार बंगलादेशकी ७२ वर्षीय योद्धा सुल्तानालाई दिइएको हो । सुल्ताना कमल पाकिस्तान र बंगलादेश विभाजन अघिका दिनदेखि प्रगतिशील आन्दोलनमा संलग्न भएकी थिइन् । देशको सांस्कृतिक स्वायत्तताका लागि सङ्घर्ष, विश्वव्यापी धर्मनिरपेक्ष शिक्षाको आन्दोलन, सन् १९६९ को जनआन्दोलन, १९७१ को बंगलादेशको मुक्ति युद्धलगायत विभिन्न सामाजिक आन्दोलनहरूमा सक्रिय भएकी सुल्ताना कमलले विभिन्न संघसंस्थाका अलावा शिक्षण संस्था र अस्पतालहरु स्थापना गर्न योगदान गरेकी थिइन् ।

उनी धार्मिक र जातीय अल्पसंख्यकहरूको अधिकारको लागि सक्रिय पनि छिन । उनले धर्म निरपेक्षका लागि खेलेको भूमिकाबाट असन्तुष्ट एउटा इस्लामिक समूहले दुईपटक उनको घरमा बम पडकाइ मार्ने प्रयास गरेको थियो ।

पुरस्कार वितरण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले नेपाल र बंगलादेशका मुक्ति आन्दोलनमा जनताको सक्रियता उस्तै प्रकारको रहेको र बंगलादेशसँग नेपालको सम्वन्ध तुलनात्मक रुपमा गाढा रहेको बताए । नेपालमा र बंगलादेशमा रहेका मानवअधिकारकर्मीहरुको योगदानले गर्दा नै नेपाल र बंगलादेशमा अन्य सार्क राष्ट्रहरुका तुलनामा मानवअधिकार मजबुत रहेको बताए ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा बंगलादेशका पूर्व राजदुत प्राडा चोपलाल भुसालले बंगलादेशका जनताहरुले र सरकारले नेपाललाई अत्यन्तै मित्रवत रुपमा हेर्ने गरेको र नेपाली संस्थाले बंगालदेशकी योद्धालाई गरेको सम्मानले जनस्तरबाट सम्वन्ध मजबुत बनाउन ठोस योगदान दिने बताए ।

वर्क फर बेटर बंगलादेशका गौस पियरी (मुक्ति) ले नेपाली संस्थाको साथ र सहयोगमा बंगलादेशमा सुर्ती नियन्त्रण, प्रदुषण नियन्त्रण, जलवायु परिवर्तनका क्षेत्रमा काम गरेको जानकारी दिए ।

सम्मानित व्यक्तित्व सुल्ताना कमलले आफ्नो योगदानको कदर नेपाली जनताबाट समेत भएकोमा गौरवान्वित भएको बताइन् ।
कार्यक्रममा छत्रलक्ष्मी –रुद्रलाल मुल्मी फाउन्डेसनका अध्यक्ष शान्तलाल मुल्मीले सामाजिक क्षेत्रमा निस्वार्थ रुपमा काम गर्ने समाजसेवीहरुको खोजी गर्दै पुरस्कार प्रदान गर्दै जाने बताए ।

कार्यक्रममा मानवअधिकार आयोगका सदस्या डा. लिली थापा, गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, मानवअधिकारकर्मी प्रा. कपिल श्रेष्ठगायतले बंगलादेश नेपालको जनस्तरको सम्वन्धबारे चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host