Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

टम होमनलाई देशको सिमानाको जिम्मेवारी दिने ट्रम्पको घोषणा

अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार आगामी प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई जिम्मेवारी दिने बताएका छन् ।

७८ वर्षीय ट्रम्पले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो कागजातविहीन आप्रवासीहरूको निर्वासन अभियान सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Subisu

“म पूर्व आइसिई निर्देशक र सीमा नियन्त्रणका दृढ समर्थक टम होमन हाम्रो राष्ट्रको सीमाको जिम्मेवारीमा ‘बोर्डर जार’ का रूपमा ट्रम्प प्रशासनमा सामेल हुने घोषणा गर्न पाउँदा खुसी छु”, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “मैले टमलाई लामो समयदेखि चिन्छु र हाम्रो सीमाको प्रहरी र नियन्त्रणमा उहाँभन्दा राम्रो कोही छैन ।” ट्रम्पले होमनलाई ‘सबै गैरकानुनी विदेशीलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने’ जिम्मेवारी दिइने बताएका छन् ।

सन् २०२० को राष्ट्रपति निर्वाचनमा हार स्वीकार नगरेका ट्रम्पले नोभेम्बर ५ को मतदानमा उल्लेखनीय पुनरागमन गरेका छन् । यसले उनको कट्टर दक्षिणपन्थी दृष्टिकोणले प्रभुत्व जमाएको एक दशकभन्दा बढी अमेरिकी राजनीतिको सुरुवात गर्ने देखिन्छ ।

आफ्नो चुनावी अभियानमा उनले कागजातविहीन आप्रवासीहरूविरुद्ध बारम्बार आक्रोश व्यक्त गरे र अमेरिकाको ‘रगत विषाक्त पार्ने’ व्यक्तिहरूका बारेमा हिंसात्मक भाषा प्रयोग गरे ।

अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनमा वर्षौंदेखि सङ्घर्ष गरिरहेको भए पनि अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने आप्रवासीहरूद्वारा ‘आक्रमण’ भइरहेको दाबी गर्दै ट्रम्पले चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host