काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ।
नेपालसहित अमेरिका र स्कटल्याण्डबीच अमेरिकामा जारी सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। घोषित टोलीमा सन्दीप लामिछाने पनि समावेश छन्।
यसअघि भिसा समस्याका कारण अमेरिकाविरुद्ध टी–२० सिरिज नखेलेका लामिछाने टोलीमा समावेश भएका हुन्। सागर ढकाल र देव खनाल रिजर्भ खेलाडीमा परेका छन्। टोलीमा कप्तान पौडेलसँगै कुशल भूर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की र आरिफ सेख रहेका छन्। यस्तै कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा‚ सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।
सिरिजको पहिलो खेलमा भोलि राति नेपालले घरेलु टोली अमेरिकासँग खेल्नेछ।












