Outline Khabar
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
                                                       
No Result
View All Result

लुम्बिनीको स्वास्थ्य सुधार्ने यस्ता छन् १५ बुँदे घोषणा

चन्द्रकान्त खनाल

लुम्बिनीको स्वास्थ्य सुधार्ने यस्ता छन् १५ बुँदे घोषणा

रुपन्देही । लुम्बिनी प्रदेशका अत्यधिक बिरामी चाप हुने अस्पताहरुमा ई–टिकेटिङ, टोकन प्रणाली र बीमा काउन्टर सेवा थप गरिने भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को स्वास्थ्य कार्याक्रमहरुको वार्षिक समीक्षा गर्दै जारी गरिएको १५ बुँदे घोषणापत्रमा अत्यधिक बिरामी चाप हुने अस्पतालहरुमा ई–टिकेटिङ, टोकन प्रणाली र बीमा काउन्टर सेवा थप गर्ने विषय समेटिएको हो ।

Subisu

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा गर्दै घोषणापत्र जारी गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्य र स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनस्वास्थ्य समस्याहरुलाई सम्बोधन गर्नेगरी कार्यक्रम बनाउन पहल लिएका हुन् ।

सोही आधारमा समीक्षा कार्यक्रमको माध्यमबाट नवीनतम योजनासहित विभिन्न योजना अघि सारिएको छ । प्रदेशमा देखा परेको मातृ तथा नवजात शिशु मृत्यु, महिला तथा बालबालिकाहरुको कुपोषणका साथै सर्ने र नसर्ने रोगहरु निदान गर्नेगरी कार्यान्वयन तहलाई प्रभावकारी बनाइने स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रतिबद्धता व्यक्त गरे ।

‘आम जनताको भावनालाई सम्बोधन गर्नेगरी स्वास्थ्य क्षेत्रलाई सुधार गरेर लैजाने जिम्मेवारी तपाई हामी सबैको हो’स्वास्थ्यमन्त्री सारुले भने,‘नागरिकलाई भरोसा दिलाउनेगरी, आशा जगाउनेगरी हाम्रा सेवाहरु चुस्त हुन जरुरी छ ।’

अस्पताल र स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी तथा सेवाप्रवाहको साथै कार्यालयमा रहेको सरकारी सवारी साधनको विद्युतीय निगरानी गर्ने विषयलाई पनि घोषणापत्रमा समेटिएको छ । अस्पताल र स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवाको आधारमा शुल्कमा एकरूपता कायम गर्न मुल्य निर्धारिणको प्रकृया अगाडि बढाइने, प्रदेश अन्तर्गतका अस्पतालहरुबाट गर्भवती महिलाहरुको परीक्षण, निदान तथा उपचार पूर्ण रुपमा निःशुल्क गर्न व्यवस्था मिलाइने उल्लेख छ ।

स्वास्थ्य संस्थालाई आवश्यक पर्ने गुणस्तरीय औषधीको निरन्तर उपलब्धताका लागि वितरण प्रणाली सुदृढिकरण गरिने, प्रदेशका सवै आयुर्वेद स्वास्थ्य संस्थाहरुमा सशुल्क फार्मेशी संचालनका लागि वीउँ पूँजीको व्यवस्था गरिने, प्रदेश स्वास्थ्य बीमा संयोजन समिति गठन तथा लुम्बिनी प्रदेश मातहतका चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई अनिवार्य स्वास्थ्य बीमा गर्ने र राष्ट्रि नीति अनुरुप औपचारीक क्षेत्रलाई समेट्ने गरी स्वास्थ्य बीमा कार्यक्रम संचालन गरिने भएको छ ।

अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद संस्था प्रमुखहरूलाई अस्पताल र संस्था व्यवस्थापन, नेतृत्व विकास, जनसम्पर्क, प्रविधिको प्रयोग, गुणस्तरिय सेवा प्रवाह सम्बन्धी अभिमुखीकरणकार्यक्रम सञ्चालन गरिने भएको छ । निजी अस्पताल, क्लिनिक, स्वास्थ्य संस्थाहरुको गुणस्तरीय र प्रभावकारी सेवामा सहजिकरण तथा विपन्न नागरिक निःशुल्क सेवाको सुनिश्चितताका लागि नियमन र व्यवस्थापन गरिने भएको छ ।

स्वास्थ्य मन्त्रालय, आस्पताल र स्वास्थ्य संस्थाहरूको अभिलेखीकरण संस्थागत स्मृतिलाई चुस्त दुरुस्त अद्यावधिक गरी कार्यालय प्रमुख र तोकिएको शाखाले व्यवस्थित गरी राख्ने र अभिलेख अनिवार्य हस्तान्तरण गर्ने व्यवस्था मिलाईने, सडक दृर्घटना न्यूनीकरणका लागि स्थानीय तह, ट्राफिक प्रहरी र सरोकारवाला निकायहरुसँग समन्वयात्मक रुपमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिने, लामो तथा मध्यम दुरीका सवारीचालकलाई राजमार्ग छेउछाउमा साझेदार संस्था संगको सहकार्यमा रिफ्रेश केन्द्रको व्यबस्थापनका लागि समन्वय गर्ने उल्लेख छ ।.

सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मिले प्रदेश निजामती सेवा ऐन २०८०, नियमावली २०८१, स्वास्थ्य सेवा ऐन २०५३, स्वास्थ्य सेवा नियमावली २०५५,जनस्वास्थ्य सेवा ऐन २०७५ बमोजिम पूर्व स्वीकृती विना सेवा नगर्ने र कार्यालय समय बाहेकको समयमा निजी स्वास्थ्य संस्थामा स्वीकृती लिई सेवा गर्दा कार्यरत सरकारी अस्पतालको नाम र पदको प्रयोग नगर्न व्यवस्था मिलाइने भएको छ ।
चिकित्सक र स्वास्थ्यकर्मीको स्थायित्वको लागि प्रोत्साहान भत्ता, वित्तिय तथा शैक्षिक संस्थाहरुसँगको सहकार्यमा सहजीकरण तथा संघ, स्थानीय तह र विकास साझेदार संस्थाहरुसँग क्षमता अभिवृद्धि तथा वृत्ति विकासमा सहकार्य गरिने, बढ़दो मानसिक स्वास्थ्य समस्या, नसर्ने रोग, लागुऔषध दुव्र्यसनी, सुर्ती तथा मदिराजन्य पदार्थको नियमन नियन्त्रण, योन तथा प्रजनन् स्वास्थ्य जस्ता समस्याहरूको सम्बोधनका लागि नविनतम क्रियाकलाप र अभियान सञ्चालन गरिने भएको छ ।

साथै स्थानीय तह तथा विकाससा साझेदारसँगको समन्वयमा समुदाय तथा विद्यालयमा रोमिङ नर्स कार्यक्रम संचालन गर्ने, विभिन्न स्वदेश तथा विदेशका विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीहरु तथा विश्व विद्यालयको समन्वयमा लम्विनी प्रदेशमा विद्यमान जनस्वास्थ्यका समस्याहरुको शोध अध्ययन कार्यलाई प्रेरित गर्न शोध तथा अनुसन्धान कार्यका लागि वजेट व्यबस्था गरिने भएको छ ।

यस्तै प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सविधा निर्देशिका २०७८ लाई संशोधन गरी प्रदेशका विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रम जिल्ला स्थित स्वास्थ्य कार्यालयमार्फत सिफारिस हुने व्यवस्था मिलाइने भएको छ । अस्पताल र स्वास्थ्य संस्थालाई शान्ति क्षेत्र घोषणा कार्यक्रमको प्रकृया अगाडी बढाइने, अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको आवास व्यवस्थापन सम्बन्धी कार्यविधी निर्माण गरी लागु गर्ने घोषणापत्रमा समेटिएको छ ।

स्वास्थ्य कार्यालयमा पाल्पा, आयुर्वेदमा अर्घाखाँची र अस्पतालमा बर्दिया उत्कृष्ट

गत आर्थिक वर्ष २०८/८१ को कार्यसम्पादनको आधारमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कार्यालय, अस्पताल तथा आयूर्वेद स्वास्थ्य केन्द्रलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । स्वास्थ्य कार्यालय तर्फ पाल्पा प्रथम भएको छ । रोल्पा द्धितीय र गुल्मी तृतीय भएको छ ।

यस्तै अस्पतालतर्फ बर्दिया अस्पताल प्रथम भएको छ भने भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवल द्धितीय र अर्घाखाँची अस्पताल तृतीय भएको छ ।

आयुर्वेदतर्फ अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र प्रथम भएको छ भने लुम्बीनी आयुर्वेद चिकित्सालय द्धितीय र कपिलबस्तु आयुर्वेद चिकित्सालय तृतिय भएको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशस्तरीय समीक्षा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य कार्यालय, आयूर्वेद चिकित्सालय र अस्पतालहरुलाई पुरस्कृत गर्दै सबै अस्पताल, स्वास्थ्य कार्यालय र आयूर्वेद चिकित्सालयको सेवालाई गुणस्तरीय बनाउन निर्देशन दिए । ‘यहाँबाट जारी भएको घोषणापत्रको अक्षरंश पालना गर्दै सबै स्वास्थ्य संस्थाको सेवाप्रवाहलाई गुणस्तरीय बनाउन जरुरी छ’उनले भने,‘सबै निकायविचको सहकार्यले उत्कृष्ट बनाउन सकिन्छ ।’

प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई संशोधन गरी प्रदेशका विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रम जिल्ला स्थित स्वास्थ्य कार्यालयमार्फत सिफारिस हुने व्यवस्था मिलाउनेगरी कार्यविधि संशोधनको तयारी समेत गरिएको जानकारी दिए ।

लुम्बिनी प्रदेशमा १२ वटा स्वास्थ्य कार्यालय, १३ वटा आयूर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र छन् । यस्तै १४ वटा अस्पताल छन् । स्वास्थ्य कार्यालय, आयूर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र र प्रादेशिक तथा जिल्ला तहमा रहेका अस्पतालले दिने सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टी लगायतका विषयलाई समेटेर तयार पारिएको सूचांकको आधारमा उत्कृष्ट घोषणा गरिएको हो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

ताजा समाचार

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host