Outline Khabar
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
                                                       
No Result
View All Result

सर्वदलीय बैठकः यस्ता छन् निर्णय

सर्वदलीय बैठकः यस्ता छन् निर्णय

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको छ ।​

बिहीबारदेखि आएको वर्षाका कारण बाढी पहिरोले ठुलो जनधनको क्षति भएपछि राहत र उद्धारको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री सिंहले बैठक बोलाएका हुन् ।

Subisu

बैठकले राहत र उद्धारको काम प्रभावकारी बनाउन सबै दलहरूको साझा धारणा बनाइने बताइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरु उपस्थित रहेका छन् ।

सर्वदलीय बैठकका निर्णयहरू:

१. अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाएका सम्पूर्णजनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । सम्पूर्ण घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

२. अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने ।

३. वर्षाका कारण गएको पहिरो र बाढीले आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरूलाई सम्बन्धित जिल्ला विपद व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याउने ।

४. देशको राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबै जसो राजमार्गहरूमा सानो ठूलो रोकावट आई आवागमन अवरुद्ध हुन गएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई बाटो खुलाई आवागमन सुचारु गर्ने । यसै गरी उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयले क्षति ग्रस्त प्रसारण लाइन र विद्युत गृहहरूको मर्मत संभार गरी विद्युत आपूर्ति र सूचना तथा संचार प्रविधि मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथाशक्य छिटो सुचारु गर्ने । बाढी र पहिरोको कारण क्षतिग्रस्त भएका खानेपानी प्रणालीको मर्मत संभार गरी खानेपानी आपूर्ति गर्न खानेपानी मन्त्रालयले आवश्यक कार्य गर्ने ।

५. मौसममा क्रमिक सुधार आइरहेको भएतापनि विनाशकारी बाढीका कारण सिर्जित विषम परिस्थितिमा जनस्वास्थ्यको सवाल अहम् हुने भएकोले विपद पछिको महामारीको संभावनालाई न्यूनीकरण गर्न स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निरोधात्मक र उपचारात्मक दुबै विधि प्रयोग गरी प्रभावित क्षेत्रमा औषधी उपचार र आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने ।

६. विपदको चपेटामा परेका सर्वसाधारण र आउँदै गरेको दशैँ, तिहार, छठ जस्ता पर्वहरूलाई समेत लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्याँस लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरू सुपथ मूल्यमा सजिलै सँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने ।

७. बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायत पूर्वाधार र कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरि पुनर्निर्माणको लागि आवश्यक प्रकृया अघि बढाउने ।

८. बाढिपहिरोबाट घरवास गुमाएका पिडितहरुका पुनर्स्थापनाका लागि राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरण सँगको समन्वयमा शहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडी बढाउने ।

९. विपतको यस घडीमा सबै राजनीतिक दलहरू, तीनै तहको सरकार र निजी क्षेत्र समेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार,राहत र पुनर्स्थापनाको काम गर्ने । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण निजी क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपिल गर्ने ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

४४ वटा मापदण्डविपरीतका जार जफत

पेट्रोलियम पदार्थपछि खानेपानीको भाउ पनि बढ्यो, जारसँगै बोतल पानीको मूल्य बढ्ने

कांग्रेसमा गुटभन्दा गिरोह बढ्यो: गगन थापा

कांग्रेसको एकता र पुनर्जागरणका लागि सभापति थापाको आह्वान

उज्यालो नेपाल पार्टी मेरो नेतृत्वमा अगाडि बढ्छ : कुलमान घिसिङ

पेट्रोलियमको मूल्य घटाउन उज्यालो नेपालको माग, यी हुन् ६ बुँदे माग

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कांग्रेसको आधिकारिकता विवाद टुंगियो, गगन नेतृत्वको कांग्रेसले पायो वैधानिकता

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

इरानले होर्मुज स्ट्रेट खोल्ने घोषणा गरेपछि तेलको मूल्यमा ठूलाे गिरावट

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

ताजा समाचार

४४ वटा मापदण्डविपरीतका जार जफत

पेट्रोलियम पदार्थपछि खानेपानीको भाउ पनि बढ्यो, जारसँगै बोतल पानीको मूल्य बढ्ने

कांग्रेसमा गुटभन्दा गिरोह बढ्यो: गगन थापा

कांग्रेसको एकता र पुनर्जागरणका लागि सभापति थापाको आह्वान

उज्यालो नेपाल पार्टी मेरो नेतृत्वमा अगाडि बढ्छ : कुलमान घिसिङ

पेट्रोलियमको मूल्य घटाउन उज्यालो नेपालको माग, यी हुन् ६ बुँदे माग

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कांग्रेसको आधिकारिकता विवाद टुंगियो, गगन नेतृत्वको कांग्रेसले पायो वैधानिकता

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

इरानले होर्मुज स्ट्रेट खोल्ने घोषणा गरेपछि तेलको मूल्यमा ठूलाे गिरावट

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host