काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको छ।
विश्वविद्यालयको त्रि.वि.परीक्षा सुधार समितिको सोमवार बसेको बैठकले सो निर्णय गरेको हो।
समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा.डा.खड्ग केसीका अनुसार त्रि.वि.बाट सञ्चालन हुने जुनसुकै तहको पररीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने र त्रि.वि.अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एकपटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय भएको छ।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

