Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

पत्रु खाना : जन्मदा नै शिशु अस्वास्थ्य जन्मिने

डा.अरुणा उप्रेती

पत्रु खाना : जन्मदा नै शिशु अस्वास्थ्य जन्मिने

डा.अरुणा उप्रेती

Subisu
सरकारले उपचार खर्च अभावमा नागरिकले मृत्युवरण गर्नु नपरोस् भनेर मुटुरोग, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर जस्ता गम्भीर प्रकृतिका रोगहरूको निःशुल्क उपचार गर्न सक्ने, कतिपय प्रदेश सरकारले क्यान्सर रोग लागेका विपन्न बिरामीलाई उपचारमा सहुलियत दिने लोकप्रिय नीति बनाउने गरेका छन्।
तर, रोग लागेकालाई उपचारको व्यवस्था गर्ने सरकारले रोग लाग्नै नदिन चाल्नुपर्ने कदमबारे भने चासो दिएको पाइँदैन। अर्थात्, यस्ता रोगको स्रोत पत्रु खाना पनि हुन्। रोग न्यूनीकरण गर्न पत्रु खाना नियन्त्रण गर्ने गरी घरेलु पौष्टिक खानेकुराको प्रवर्द्धन गर्ने, पत्रु खानाको विज्ञापन सकेसम्म घटाउने, गलत विज्ञापन गर्न रोक लगाउने जस्ता कार्यक्रम कहिले शुरू गर्ने?
बालबालिका दीर्घ रोगले घेरिए परिवार र समाजमा मात्र होइन, देश विकासमै समस्या पर्छ। त्यसैले स्वास्थ्य क्षेत्रमा छुट्याउने बजेट ‘रोग नलागोस्’ भनेर रोकथामका कार्यक्रममा पनि खर्च गरिनुपर्छ।
सरकारी र निजी अस्पतालका क्यान्टिनमा प्याकेट बन्द पत्रु खाना, केक, चिसो पेय पदार्थ धमाधम बेचिन्छन्। मानिसहरू मुटु र मिर्गौला खराब पार्ने तिनै वस्तु धमाधम खाइरहेका हुन्छन्, अस्पतालभित्र चाहिं परिवारका कुनै सदस्यको मुटु वा मिर्गौलाको उपचार चलिरहेको हुन्छ।
पत्रु खानाको वर्चस्व कस्तो छ भने, यसलाई विशिष्ट र आकर्षक परिकार मान्दै महत्त्वपूर्ण जमघटहरूमा छुटाइँदैन। अरूको के कुरा, विभिन्न मन्त्रालयका बैठकहरूमा खाजा राख्दा केक, कुकिज, सेतो पाउरोटी, बट्टाको जुस राख्छन्। त्यस्ता बैठकमा सहभागी हुँदा म त्यस्तो खाजा बहिष्कार गर्छु। तर, सरकारी कर्मचारी, मन्त्रीगण, नेता स्वादको भुलभुलैयामा लागेर आफू र अरूलाई रोगी बनाउन उद्यत छन्। त्यस्तो खानपानकै कारण होला, प्रायः नेपाली नेताहरू नसर्ने रोगबाट पीडित छन्।
समाजका यी ‘ठूलाबडा’ र अभिभावकको खानपान अभ्यास, विज्ञापन बजार आदिकै प्रभावले होला, हाम्रा बालबालिका त्यही सिकेर ‘पत्रु खाना’ को कुलतमा परेका छन्। यसले बालबालिकालाई सानैदेखि दीर्घ रोग हुने जोखिम बढेको छ। बालबालिका दीर्घ रोगले घेरिए परिवार र समाजमा मात्र होइन, देश विकासमै समस्या पर्छ। त्यसैले स्वास्थ्य क्षेत्रमा छुट्याउने बजेट ‘रोग नलागोस्’ भनेर रोकथामका कार्यक्रममा पनि खर्च गरिनुपर्छ।
पत्रु खानाकाे नियन्त्रणले बालबालिका जन्मदेखि नै समस्या लिएर जन्मिने सम्भावना कम हुन्छ। किनभने, मोटोपन भएकी कुनै युवती विवाह गरेपछि पनि पत्रु खानाको लतमा परेर जब मधुमेहको शिकार बन्छिन्, उनी गर्भवती छँदा भ्रूणलाई समस्या परेर जन्मजात नै मधुमेह भएको बच्चा जन्मिन सक्छ।
यस्तो विकराल समस्या निम्तिन नदिन पत्रु खानाको खपतलाई निरुत्साहित गर्नुपर्छ। जस अन्तर्गत विद्यालय र अस्पताल वरिपरि पत्रु खाना बेच्न नदिने, उपभोक्तालाई जागरुक बनाउने हो भने यसको उपभोग केही मात्रामा घट्न सक्छ। यस्तै, गलत विज्ञापनमा रोक लगाउने, आम सञ्चार बोलिरहने र उपभोक्ता जागरुक हुने हो भने पत्रु खानाको खपत कम हुँदै स्वस्थ समाजको निर्माण हुन्छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host