काठमाडौं । काठमाडौंको टोखाबाट झण्डै २५ करोड रुपैयाँ बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन्। सिन्धुपाल्चोकका लामाले ट्रकको फल्स बटममा रकम लुकाएर चीनतर्फ लैजाँदै गर्दा ४ चैतमा पक्राउ परेका थिए।
यस प्रकरणमा विदेशी विनिमय ऐनअनुसार मुद्दा दर्ता गरिएको छ। उक्त रकम बराबरको बिगो र जरिवाना मागदाबी गरिएको छ । यता, उक्त रकमका मालिक भनिएका नारायण पौडेल भने अझै फरार छन्।