काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच राष्ट्रिय सभागृहमा सम्पन्न समारोहमा एकता भएको घोषणा गरिएको छ। समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले आफ्नो पार्टी एकीकृत समाजवादीमा समाहित भएको औपचारिक घोषणा गरे।
एकता घोषणापछि पार्टीका दुई नेताहरु माधव कुमार नेपाल र बामदेव गौतमले अँगालोमा बेरिएर एकता उत्सव मनाए। गौतमले पार्टी एकीकरणको यस महत्वपूर्ण क्षणमा आफू अत्यन्त खुशी रहेको बताए। उनले पार्टी कार्यालय स्वयम्भूबाट एकीकृत पार्टीको कार्यालयसम्म पुग्न चार वर्ष लागेको उल्लेख गरे।
गौतमको प्रवेश घोषणा पछि उपस्थित नेता तथा कार्यकर्ताहरुले लामो समयसम्म हुटिङ र उत्साहजनक स्वागत गरे। यस एकताले पार्टीलाई अझ बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।












