काठमाडौं । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगिताका लागि नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन्, जसलाई तीन समूहमा विभाजन गरिएको छ।
समूह १: युएई, मलेसिया, कतार
समूह २: नेपाल, कुवेत, जापान
समूह ३: ओमान (आयोजक), पपुवा न्यूगिनी, सामोआ
नेपालले समूह चरणको पहिलो खेल अक्टोबर ८ मा कुवेतविरुद्ध तथा दोस्रो खेल अक्टोबर १० मा जापानविरुद्ध खेल्नेछ।
समूह चरणपछि प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्, जुन अक्टोबर १२ देखि १७ सम्म सञ्चालन हुनेछ। सुपर सिक्स चरणको उत्कृष्ट टोलीले आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा स्थान बनाउने मौका पाउनेछ।
नेपाल क्रिकेट टोलीले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टी–२० विश्वकपको लागि पुनः छनोट हुने लक्ष्य लिएको छ।
समूह चरणको पूरा खेल तालिका यसप्रकार छ:
अक्टोबर ८ – ओमान भर्सेस् सामोआ
अक्टोबर ८ – युएई भर्सेस् कतार
अक्टोबर ८ – नेपाल भर्सेस् कुवेत
अक्टोबर ९ – मलेसिया भर्सेस् कतार
अक्टोबर ९ – कुवेत भर्सेस् जापान
अक्टोबर ९ – पपुवा न्यूगिनी भर्सेस् सामोआ
अक्टोबर १० – युएई भर्सेस् मलेसिया
अक्टोबर १० – नेपाल भर्सेस् जापान
अक्टोबर १० – ओमान भर्सेस् पपुवा न्यूगिनी
सुपर सिक्स चरणको खेल तालिका यसप्रकार छ:
अक्टोबर १२ – समूह ३ को पहिलो टोली भर्सेस् समूह १ को दोस्रो टोली
अक्टोबर १२ – समूह १ को पहिलो टोली भर्सेस् समूह २ को पहिलो टोली
अक्टोबर १२ – समूह ३ को दोस्रो टोली भर्सेस् समूह २ को दोस्रो टोली
अक्टोबर १३ – समूह ३ को पहिलो टोली भर्सेस् समूह १ को पहिलो टोली
अक्टोबर १३ – समूह २ को पहिलो टोली भर्सेस् समूह १ को दोस्रो टोली
अक्टोबर १५ – समूह २ को दोस्रो टोली भर्सेस् समूह १ को दोस्रो टोली
अक्टोबर १५ – समूह ३ को दोस्रो टोली भर्सेस् समूह १ को पहिलो टोली
अक्टोबर १५ – समूह ३ को पहिलो टोली भर्सेस् समूह २ को पहिलो टोली
अक्टोबर १६ – समूह १ को पहिलो टोली भर्सेस् समूह २ को दोस्रो टोली
अक्टोबर १६ – समूह १ को दोस्रो टोली भर्सेस् समूह ३ को दोस्रो टोली
अक्टोबर १७ – समूह २ को दोस्रो टोली भर्सेस् समूह ३ को पहिलो टोली
अक्टोबर १७ – समूह ३ को दोस्रो टोली भर्सेस् समूह २ को पहिलो टोली


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



