एजेन्सी । संयुक्त राष्ट्र संघले आफ्नो प्रतिवेदनमा विश्वका १९ प्रतिशत बालबालिका द्धन्द्धग्रस्त क्षेत्रमा बस्ने तथा ४७ करोड २० लाख द्धन्द्ध र हिंसाका कारण विस्थापित भएको बताएको छ ।
शनिबार जारी गरिएको अध्ययनमा संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले प्यालेस्टाइन, म्यानमार, हाइटी र सुडान जस्ता क्षेत्रमा चलिरहेको द्धन्द्धलाई प्रकाश पार्दै विश्व दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब द्धन्द्धको सामना गरिरहेको बताएको छ ।
गाजा र युक्रेनमा भएको द्धन्द्धमा हजारौं बालबालिका मारिएका तथा घाइते भएकाले सन् २०२३ को तुलनामा सन् २०२४ को पहिलो नौ महिनामा बढी बालबालिकाको मृत्यु भएको राष्ट्रसङ्घले पुष्टि गरेको छ ।
रिपोर्टका अनुसार इजरायल र प्यालेस्टाइनबिचको द्धन्द्धका कारण गत १५ महिनामा गाजामा कम्तिमा १७ हजार ४९२ बालबालिकाको मृत्यु भएको छ ।
यसैबीच, युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले सन् २०२४ द्धन्द्धमा परेका बालबालिकाका लागि रेकर्डमा सबैभन्दा नराम्रो वर्ष हुने बताइन् ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



