काठमाडौं । गृहमन्त्री रमेश लेखकले हालै सम्पन्न स्पेन भ्रमणसँग जोडिएको विवादमा गम्भीर चासो व्यक्त गर्दै अनुसन्धानका लागि प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका छन्। सोमबार बिहान गृहमन्त्रालयमा बोलाएर गृहमन्त्री लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र आईजीपी थापालाई घटनाबारे छानबिन गर्न स्पष्ट निर्देशन दिएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हालै संसदमा उठाएको विषयले सार्वजनिक चासो बढाएको छ। सांसद गौतमले प्रधानमन्त्री सहभागी भएको स्पेन भ्रमणमा अन्य नेपालीहरूलाई समेत सहभागी गराइएको र उनीहरूमध्ये केही नफर्किएको आरोप लगाएकी छिन्। उनले स्पेन जान भन्दै बाटो लागेका तर हालसम्म नफर्किएका ५५ जनाको नामसहितको सूची र केही कागजातहरू समेत मिडियामार्फत सार्वजनिक गरेकी थिइन्।
गृह मन्त्रालयका अनुसार घटनाको गम्भीरता बुझ्दै अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई अनुसन्धानको जिम्मा दिइएको छ। “यदि कसैको संलग्नता देखियो भने कारबाही हुनेछ,” गृहमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन भ्रमणका लागि गएका थिए। उनी र उनको प्रतिनिधिमण्डल असार २० गते नेपाल फर्किएको भए पनि भ्रमणमा गएकामध्ये अन्य केही व्यक्तिहरू हालसम्म नेपाल नफर्किएको भन्दै गम्भीर प्रश्न उठ्न थालेका छन्।
यो विषयमा अब उच्चस्तरीय अनुसन्धान अघि बढ्नेछ र दोषी प्रमाणित हुने जो कोहीमाथि कानुनी कारबाही गरिने सरकारको प्रतिबद्धता देखिएको छ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



