काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यवहाक अध्यक्षमा महेश बराल नियुक्त भएका छन् ।यस अघि नरेन्द्र राना कार्यवहाक अध्यक्ष नियुक्त भएका थिए । अर्थमन्त्री विष्णु पौडेलले उनलाई आजकै कार्यवाहकको जिम्मेवारी दिएका हुन् । विहिबार कार्यवहाक अध्यक्ष भएका बराल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा समेत कार्यरत छन् ।
हालै भएको केही ऐन संशोधनले धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था गरेको छ । उनले बोर्डको कार्यभार समेत बिहीबारबाटै सम्हालेका छन् ।