काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ। बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आइरहेको जनाएको छ।
सानिमा बंैकले ‘नारी बचत खाता’ खोलेका ग्राहकलाई बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी राहत कोषमा रकम जम्मा गर्दैै आएकोे छ। सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पतालमार्फत विपन्न नारीहरुको उपचारमा सहयोग गर्दै आएको बैंकले बताएको छ।
पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक डा. रवि शाक्य र बंैकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सानिमा बंैकको देशका सातै प्रदेशमा १३३ कार्यालय र १२४ वटा एटिएम संचालनमा छन्।