काठमाडौं । रोटरी क्लब अफ पशुपति काठमाडौंले मंगलबार गोकर्णेश्वर ८ माकलबारी जोरपाटीस्थित स्पाईनल कर्ड इन्जरी नेटवर्क नेपालमा रहेका बिरामीका लागि केजे बराल फुड बैंक अन्तर्गत खाद्यान्न वितरण गरेको छ ।
क्लबका पूर्वअध्यक्ष तथा एकेएस ट्रष्टी चेयर रोटरियन शशीराज पाण्डेको ७८औं जन्मदिनको उपलक्ष्यमा पाण्डेको सुस्वास्थ्य, दिर्घायू र सुखमय जीवनको कामना सहित क्लबले खादान्न खाद्यान्न वितरण गरेको हो । कार्यक्रममा क्लबका अध्यक्ष रोटरियन मिलन कुमार केसी लगायत क्लबका अन्य पदाधिकारी तथा रोट्रयाक्टरको उपस्थिति रहेको थियो ।
उक्त संस्थामा विभिन्न कारणले स्पाईनल कर्ड इन्जुरी भएका देशका विभिन्न स्थानबाट आएर आश्रय लिएर बसेका १५ जना महिला तथा पुरूषका लागि खाद्यान्न प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा निवर्तमान क्लब अध्यक्ष रोटरियन सूर्य बहादुर अधिकारीले पनि उनको बुबाको जन्मदिनको अवसरमा उक्त संस्थालाई नगद सहयोग गरेका थिए ।
कार्यक्रममा संस्थाका विषयमा संस्थाका महासचिव केशव थापाले संक्षिप्त जानकारी दिएका थिए । रोटरी क्लब अफ पशुपति काठमाडांैका अध्यक्ष रोटरियन मिलन कुमार केसी र निवर्तमान अध्यक्ष सुर्यबहादुर अधिकारीले आगामी दिनमा पनि संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।