काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलले आफू संविधानभन्दा बाहिर नजाने प्रतिवद्धता व्यक्त गरेका छन्। बिहीबार बिहान विभिन्न क्षेत्रका नागरिक अगुवाहरूसँग भेट गर्दै उनले विगतमा आन्दोलनले सिर्जना गरेको बाध्यात्मक परिस्थितिका कारण संविधानअनुरूप केही तलमाथि गरेर राज्यलाई निकास दिनुपरे पनि अब त्यसो नहुने बताए।
सो अवसरमा १४ जना नागरिक अगुवाले राष्ट्रपति पौडेललाई भेटी चार बुँदे सुझावसमेत पेश गरेका थिए। उनीहरूले संविधान बाहिर गएर अनावश्यक अध्यादेश जारी नगर्न माग गरेका छन्।












