Outline Khabar
बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
                                                       
No Result
View All Result

राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच भेटवार्ता

राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच भेटवार्ता

स्वीजरल्याण्ड, (जेनेभा) । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्यान्डकी राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्ड को बर्नमा बुधबार भेटवार्ता भएको छ ।

स्वीट्जरल्यान्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डकी राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो ।

Subisu

राष्ट्रपतिको सचिवका अनुसार सो अवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताएका थिए ।

‘सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयत्नशील छ, यस स्तरोन्नतिलाई सतत्, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक छ, यस ऐतिहासिक विकास लक्ष्य हासिल गर्न हामीलाई ठूलो स्रोत, साधन, प्रविधि, लगानी तथा आार्थिक सहकार्यको आवश्यकता रहेको छ’, राष्ट्रपतिको भनाइ उदृत गर्दै भ्रमणदलमा सहभागी राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा सन् १९५०को दशकदेखि स्वीस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल सरकारले स्वीस लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको बताएको पनि पोखरेलले जानकारी दिए ।

पौडेलले स्वीट्जरल्यान्ड शान्ति, लोकतन्त्र, कानुनी राज्य तथा समृद्धिका लागि विश्वमा नै मानक मुलुक रहेको बताउँदै यसले अवलम्बन गरेको तटस्थताको नीति नेपालजस्तो असंलग्नताको नीति अंगीकार गरेको मुलुकका लागि अनुकरणीय रहेको पनि उल्लेख गरे ।

पौडेलले नेपाल र स्वीट्जरल्यान्डबीच संघीयता, संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन, तटस्थता आदि साझा मूल्य मान्यता तथा सिद्धान्तहरू रहेको र सहभागितामूलक लोकतन्त्र, मानवअधिकार, मौलिक अधिकार, लैंगिक समानता, जलवायु परिवर्तनजस्ता धेरै सामाजिक आर्थिक तथा पर्यावरणीय मुद्दाहरूमा दुई देशबीच समान धारणा रहेको पनि बताए । उनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दे नेपालले अत्यन्त न्यून कार्वन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको नकारात्मक असर बेहोरिरहेको बताए ।

सो अवसरमा स्वीट्जरल्यान्डका राष्ट्रपति भियोला एमहर्डले नेपाललाई आफूहरूले कुन क्षेत्रमा सहयोगको आवश्यकता रहेको हो त्यसमा सहयोग गर्न तयार रहेको बताइन् । राष्ट्रपति पौडेलले नेपालको सामाजिक र आर्थिक रूपान्तरणका लागि कृषि, पर्यटन र जलस्रोतको क्षेत्रमा लगानीका लागि आग्रह गरेका थिए ।

उनलाई पौडेलले नेपाल भ्रमणका लागि आमन्त्रण गरे भने स्वीस राष्ट्रपति एमहर्डले समय मिलाएर उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताइन् । उनले नेपालको शान्ति प्रक्रिया र सत्य निरूपणको विषय आफूहरूको प्राथमिकतामा रहेको पनि जानकारी दिइन् ।

उनले तेन्जिङ नोर्गे शेर्पाका नातिले आफ्नो गृहनगरमा चीज उत्पादन गर्न सिकिरहेको उल्लेख गर्दै नेपालसँग आफ्नो देशको भूगोलमा मात्र नभएर संस्कृति र परिकारमा पनि समानता रहेको उल्लेख गरिन् । उनले नेपालको संविधानमा संघीयता र समावेशीकरणको व्यवस्था गरेकोमा उच्च प्रशंसा गरिन् ।

उनले नेपालका विभिन्न आयोजनामा स्वीस सरकारको लगानीले विशेष स्थान लिएको उल्लेख गर्दै दुई देशबीचको ठूलो स्तरको विकास साझेदारीले ६० वर्ष पूरा गरिसकेको र यो अझै अभिवृद्धि हुने विश्वास दिलाइन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

जेनजी विद्रोहः सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host