काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सरकारका कामको अझ प्रभावकारी कार्यान्वयन, संक्रमणकालीन न्याय सम्पादन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच प्रचण्ड र ओलीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ । आइतबार प्रचण्ड, ओली र रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो ।