काठमाडौं। सुरक्षित निर्वाचन क्षेत्र खोज्दै रुकुमपूर्व पुगेका नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
शुक्रबार सार्वजनिक नतिजा अनुसार उनले १० हजार २ सय ४० मत पाए। उनका निकटतम् प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४ सय ६२ मत पाए। कांग्रेसका कुसुम थापाले ३ हजार ८१ र रास्वपाका लखनकुमार थापाले ८१९ मत ल्याए।
प्रचण्ड लगातार पाँचौँपल्ट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। प्रचण्ड सांसदमा निर्वाचित भए पनि उनीसँग अब सत्ताको म्याजिक नम्बर रहने छैन। ०७९ को चुनावमा ३२ सिटसहित तेस्रो दल बन्दा प्रचण्डले दुई वर्ष सरकार चलाएका थिए।
सुरुमा एमाले त्यसपछि कांग्रेस र फेरि एमालेको साथ लिएर सरकार चलाउदा प्रचण्ड ३२ सांसदको अंकलाई म्याजिक नम्बर भन्थे। तर, यसपटक भने रास्वपाले एकल बहुमत ल्याउने प्रष्ट देखिएको छ।












