काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै देशका विभिन्न भागमा आएको बाढी र पहिरोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले तत्काल विपद् प्रतिकार्य प्रणाली सशक्त बनाउनुपर्नेमा जोड दिए।
सम्बोधनको सुरुवातमा अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि प्राण आहुति दिने सहिद, बेपत्ता तथा घाइते योद्धाप्रति श्रद्धा व्यक्त गर्दै बाढी र पहिरोबाट प्रभावित जनसमुदायप्रति समवेदना प्रकट गरे।
प्रचण्डले रसुवा लगायत देशका हिमाली तथा पहाडी क्षेत्रमा बाढीपहिरोले पुर्याएको ठूलो क्षति उल्लेख गर्दै भने,’नेपालको हिमाली क्षेत्र अहिले जलवायु संकटको विस्फोटक केन्द्रजस्तो बन्दै गएको छ।’
उनले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह तीव्र हुने अवस्था तथा हिमाली पर्यावरणको जोखिम न्यूनिकरणका लागि तत्काल अन्तर्राष्ट्रिय सहकार्य र अन्तर्देशीय सूचना प्रणाली निर्माणको आवश्यकता औंल्याए।
प्रचण्डले गतवर्ष राजधानीमै चार घण्टासम्म उद्धार नभएर एक नागरिकको ज्यान गएको घटनालाई स्मरण गर्दै,’यस वर्ष यस्ता दु:खद पुनरावृत्ति हुन नदिन सरकार अझ गम्भीर र प्रभावकारी तयारीमा जुट्नुपर्छ,’ भने।
उनले विपद् व्यवस्थापनलाई सामूहिक जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिँदै भने,’हाम्रो पार्टी, माओवादी केन्द्र, वाइसिएल र जनवर्गीय संगठनहरू प्रभावित क्षेत्रमा सक्रिय छन्। हामी सदैव जनताको सुरक्षामा प्रतिबद्ध छौं।’


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



