काठमाडौं । पेट्रोल,डिजेल र मट्टितेलको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम लिमिटेडले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रति लिटर ४ रुपैया तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि भएको जनाएको छ ।
मूल्य वृद्धि मंगलबार बिहान देखि लागु हुने पनि निगमले जनाएको छ । नयाँ मूल्य अनुसार काठमाडौमा पेट्रोल प्रति लिटर १७१ तथा डिजेल र मट्टितेल प्रति लिटर १५९ पर्नेछ ।