एजेन्सी । पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रबार बिहान गएको भीषण पहिरोमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशंका गरिएको प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गर्दै अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)ले जनाएको छ।
एबीसीका अनुसार पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको काओकलम गाउँमा स्थानीय समयअनुसार बिहान ३ बजे उक्त घटना भएको हो।
स्थानीयले एबीसीलाई बताएअनुसार मृतकको सङ्ख्या १०० भन्दा माथि पुगेको छ। पहिरोमा परी धेरै जनाको मृत्यु भएको, तर अहिलेसम्म एकीन सङ्ख्या थाहा हुन नसकेको स्थानीय अधिकारीले बताए।