Outline Khabar
शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026
                                                       
No Result
View All Result

अपांगता भएका व्यक्तिहरुको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न माग

अपांगता भएका व्यक्तिहरुको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । आगामी २०८४ सालको निर्वाचनमा अपांगता भएका व्यक्तिहरुको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ ।
राष्ट्रिय अपांग महासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘अपांगता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चितता एवं आगामी कार्यदिशा’ विषयक कार्यशाला गोष्ठीमा सहभागीहरुले अपांगता भएका व्यक्तिहरुको राजनीतिक प्रतिनिधित्वको अधिकार सुनिश्चित गरी समतामूलक समाज निर्माण गर्न माग गरेका हुन् ।

कार्यक्रममा अपांगता अधिकार विकासका लागि क्रियाशिल नेपालका संस्थापक, कार्यकारी निर्देशक डा.वीरेन्द्र राज पोखरेलले आफूहरुले सर्वोच्च अदालतमा नेपालको संविधानको धारा ४६, १३३(२) र (३) बमोजिम अपांगता भएका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभामा अनिवार्य रुपमा समानुपातिक निर्वाचन हुने गरी परामदेश लगायत अन्य उपयुक्त तथा उचित आदेश समेत जारी गरी पाउँ भनि २०७४ मै निवेदन दर्ता गरेको र राष्ट्रिय अपांग महासंघ नेपालको तर्फबाट अख्तियार प्राप्त तत्कालिन अध्यक्ष सुदर्शन सुवेदी समेतले २०७४ सोही निवेदनमा टेकेर पुरक निवेदन चढाएको सन्दर्भमा २०८० पुस २६ गते सर्वोच्च अदालतको संयुक्त इजलासले विपक्षीहरुको नाममा निर्देशनात्मक आदेश जारी गरेको स्मरण गराए ।

Subisu

नेपालको संविधान २०७२ को धारा ८४ को उपधारा (३)मा उपधारा(२)बमोजिम राजनीतिक दलले उम्मेदवारी दिँदा अपांगता भएको व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्नेछ भन्ने व्यवस्थाले उक्त बन्द सूचीमा अपांगता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ ।

सोही धाराको उपधारा (७) मा उपधारा (६) बमोजिम राजनीतिक दलले उम्मेदवारी दिँदा अपांगता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने गरी बन्द सूचीको व्यवस्था गर्नेपर्ने संवैधानिक बाध्यता रहेको छ ।

कार्यक्रममा डा. पोखरेलले संविधानले नै अपांगता भएका व्यक्तिहरुलाई अधिकार दिएपनि हामी अझै अपरिपक्क भइ रहेको बताए । उनले आगामी निवार्चनमा अपांगता भएका महिलाहरुलाई प्रतिनिधि सभामा पुर्‍ याउन आवाज उठाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघका अध्यक्ष देवीदत्त आचार्यले राजनीतिक अधिकार सुनिश्चितका लागि अपाङ्गता भएका व्यक्तिहरुका संघसंस्थाले विगतदेखि नै आवाज उठाउँदै आएको बताए । उनीहरुले राष्ट्रिय सभा र प्रतिनिधि सभामा अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्व गराइनुपर्नेमा जोड दिए ।

सर्वोच्च अदालतका उप–रजिष्ट्रार शिशिर लामिछानेले अपांगता भएका व्यक्तिका हरेक अधिकारका लागि सरकारी निकायमा लविङ गर्नुपर्ने बताए । यस्तै उनले अपांगतका कार्ड लिएर फाइदा लिने ठाउँमा अन्य व्यक्तिले लिने गरेको बताए ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालकी सल्लाहकार रेनु लोहनी, अधिकारकर्मी सुरज सिग्दल लगायतले अपांगता राजनीतिका लागि नभइ राजनीति अपांगताका लागि हुनुपर्नेमा जोड दिएका थिए । यस्तै उनीहरुले राजनीतिक अधिकार प्राप्त गर्नका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

बैठक बस्दै नबसी संसद अधिवेशन अन्त्य, सरकारले अध्यादेश ल्याउन खोजेको हो ?

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पको दाबीः स्ट्रेट अफ होर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण

पक्राउ परे व्यवसायी शेखर गोल्छा, धितोपत्रसम्बन्धी कसूरमा अनुसन्धान

पक्राउ परे व्यवसायी शेखर गोल्छा, धितोपत्रसम्बन्धी कसूरमा अनुसन्धान

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

‘निरोगी नेपाल’ अभियान: स्वास्थ्य मन्त्रीले आयुर्वेद, योग र डिजिटल सेवाको विस्तारबारे दिए जानकारी

ओपिडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं : पूर्वस्वास्थ्यमन्त्री पौडेल

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host