काठमाडौं । शेयर बजार नेप्से परिसूचक १७ दशलमव १८ अंकले घटेर २,२४० को विन्दुमा कायम भएको छ । आज ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सिभिल बैंक डिभेन्चर, माण्डु हाइड्रोपावर र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।