Outline Khabar
शनिबार, माघ १०, २०८२
Saturday, January 24, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, माघ १०, २०८२
Saturday, January 24, 2026
                                                       
No Result
View All Result

झन्– झन् बढ्दै नेपालको सार्वजनिक ऋण : हरेक नेपालीको थाप्लोमा ८३ हजार

झन्– झन् बढ्दै नेपालको सार्वजनिक ऋण : हरेक नेपालीको थाप्लोमा ८३ हजार

काठमाडौं । नेपालका सार्वजनिक ऋण झन्–झन् बढ्दै गएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशन गरेको एक प्रतिवेदनका अनुसार नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब माथि पुगेको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म आइपुग्दा नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

Subisu

यो कुल ग्राहस्थ उत्पादन (जिडीपी) को आधारमा भने ४२.६५ प्रतिशत हो । गत आवको सुरुवात सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँ रहेको थियो । तर, असार मसान्तसम्ममा आइपुग्दा भने १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ थप परिचालन भएको देखिन्छ। गत जेठ महिनाको तुलनामा भने सार्वजनिक ऋण ३२ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ थप भएको छ ।

गत आवमा नेपालले तिर्न बाँकी कुल ऋणको आधारमा एक नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ पर्न आउँछ । गत असार मसान्तसम्म आइपुग्दा एक नेपाली सो बराबरको सार्वजनिक ऋण भार बोकेका छन् । यो नेपालको कुल जनसंख्यामा आधारित हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ ।

कुल ऋण दायित्वमध्ये आन्तरिकि तर्फ ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख रुपैयाँ बाँकी छ । जुन जिडीपीको २०.७० प्रतिशत हुन आउँछ । यस्तै, बाह्य ऋण भने १२ खर्ब ५२ अर्ब ३३ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । जिडीपीमा भने यो २१.९५ प्रतिशत हुन आउँछ ।

गत असार मसान्तसम्ममा सरकारले कुल ३ खर्ब ५८ अर्ब २ करोड ९५ लाख रुपैयाँ ऋण प्राप्ति गरेको छ भने २ खर्ब २३ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत वर्ष सरकारले आन्तरिक तर्फ २ खर्ब ३४ अर्ब ४२ करोड १४ लाख रुपैयाँ र बाह्य तर्फ १ खर्ब २३ अर्ब ६० करोड ८१ लाख रुपैयाँ ऋण प्राप्त गरेको छ । समिक्षा वर्षमा आन्तरिक तर्फ १ खर्ब ८२ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ र बाह्य तर्फ ४० अर्ब ७२ करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

गत आवमा सरकारले ४ खर्ब ४२ अर्ब ७५ करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो । तर, गत आवमा लक्ष्यको ७९.०८ प्रतिशत मात्रै ऋण प्राप्ति गरेको छ । गत असार मसान्तसम्ममा सरकारले ३ खर्ब ५८ अर्ब २ करोड ९५ लाख रुपैयाँ ऋण प्राप्ति गरेको हो । कुल लक्ष्यमा ९४ अर्ब ७२ करोड ५ लाख रुपैयाँ प्राप्ति गर्न बाँकी छ।

गत आवमा सरकारले आन्तरिक तर्फ २ खर्ब ४० अर्ब र बाह्य तर्फ २ अर्ब १२ अर्ब ७५ करोड रुपैयाँ ऋण परिचालनको लक्ष्य लिएको थियो । आर्थिक वर्ष सकिँदा भने लक्ष्यको ९७.६९ प्रतिशत आन्तरिक र ५८.१० प्रतिशत बाह्य ऋण परिचालन गर्न सकेको छ । प्राप्ति गर्न बाँकी भने क्रमशः ५ अर्ब ५७ करोड ८६ लाख र ८९ अर्ब १४ करोड १९ लाख रुपैयाँ छ ।

गत आवमा सरकारले कुल २ खर्ब ५५ अर्ब ३९ करोड ११ लाख रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ। यसमा १ खर्ब ८२ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ सावाँ भुक्तानी र ७२ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको हो । यस्तै, बाह्य तर्फ भने ४९ अर्ब ९८ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ । बाह्य ऋणको सावाँ ४० अर्ब ७२ करोड २१ लाख र ब्याज ९ अर्ब २६ करोड ३९ लाख रुपैयाँ भुक्रानी गरेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

श्रीपञ्चमी : सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै

श्रीपञ्चमी पर्व, हनुमान ढोकामा वसन्त श्रवण

जाँचबुझ आयोगको म्याद २० दिन थप

जाँचबुझ आयोगको म्याद २० दिन थप

हामीलाई चुनाव लड्न नदिए देशमा फेरि चुनाव हुँदैन : रेशम चौधरी

उम्मेदवारी खारेज भएपछि रेशम लेख्छन्,‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ’

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

उम्मदेवारहरुको नामावली प्रकाशन हुँदै

ताजा समाचार

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

श्रीपञ्चमी : सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै

श्रीपञ्चमी पर्व, हनुमान ढोकामा वसन्त श्रवण

जाँचबुझ आयोगको म्याद २० दिन थप

जाँचबुझ आयोगको म्याद २० दिन थप

हामीलाई चुनाव लड्न नदिए देशमा फेरि चुनाव हुँदैन : रेशम चौधरी

उम्मेदवारी खारेज भएपछि रेशम लेख्छन्,‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ’

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

उम्मदेवारहरुको नामावली प्रकाशन हुँदै

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host