काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारत भ्रमणका क्रममा दिएको नेपाल भ्रमणको निम्तो मोदीले स्वीकार गरेका हुन्।
सोमबार नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तापछि प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका थिए। भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट तय गरिने दुई देशले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच विकास साझेदारी, ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार र प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ।
दुवै देशका प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ संयुक्त दृष्टिकोणपत्रसमेत स्वीकार गरेका छन्।










