काठमाडौं । एनसेलले ग्राहकका लागि ३ नयाँ सुविधा ल्याएको छ। निजी सेवा प्रदायक कम्पनी एनसेलले ग्राहक आफैँले छानेर नम्बर खरिद गर्न सक्ने व्यवस्था गरेको हो।
कम्पनीका अनुसार ग्राहकले अन्तिमका ६ नम्बर छनोट गर्न सक्छन्। त्यसैगरी विदेशमा रहेका २० लाख नेपाली र घुम्न जानेलाई लक्षित गर्दै सधैं अन प्याकेज ल्याएको छ।
दैनिक ७८.८८ रूपैयाँका दरले रोमिङ प्रयोग गर्न सक्छन्। रोमिङ एक्टिभ र डिएक्टिभ एनसेलको एपसँगै मोबाइल वालेट कम्पनीहरुबाट समेत गर्न सकिन्छ।
नेपालमा अझै पनि मोबाइल २ जी प्रयोगकर्ता ७० लाख छ। उनीहरुलाई फेसबुकमार्फत सबैसँग जोड्न माउ कम्पनी मेटासँग सहकार्य गरेको छ। अब एनसेलका २ जी प्रयोगकर्ताले सजिलैसँग फेसबुक चलाउन सक्नेछन्। एनसेलका सबै सुविधा लिन ‘एस्ट्रिक१२३ह्यास’ डायल गरी लिन सकिन्छ।