काठमाडौं । मनसुनी प्रणाली भारतको अरुणाचल प्रदेशसम्म आइपुगेको छ । अरुणाचल प्रदेशको नागाल्यान्ड, मणिपुर, विजोरमलगायतका ठाउँमा आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्छ ।
बाटोमा देखिने अवरोधका आधारमा यो प्रणाली नेपाल आउन कतिसमय लाग्छ निर्धारण हुने छ । कुनै अवरोध नभए चाँडै र अवरोध भए केही समय ढिलो पनि हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनी प्रणाली नेपाल भित्रिने औसत मिति जुन १३ हो । तर यो औसत मिति मात्र हो । योभन्दा अगाडि वा पछाडि पनि मनसुन नेपाल भित्रिनसक्छ ।
सन् १९९६ मा मनसुनी प्रणाली मे ३१ मा नेपाल भित्रिएको थियो । त्यो वर्ष जल तथा मौसम विज्ञान विभागले तथ्यांक राख्ने गरेयताकै यो सबैभन्दा चाँडो मनसुन नेपाल भित्रिएको हो ।