काठमाडौं । सरकारले असार दोस्रो सातासम्म १ लाख ४१ हजार मेट्रिक टन मल नेपाल भित्र्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असारको दोस्रो हप्तासम्म भारत र चीनबाट १ लाख ४१ हजार मेट्रिक टन मल नेपाल भित्रिने छ ।
हाल ५१ हजार मेट्रिक टन डिएपी मल विशाखापटमबाट निर्यात भइरहेको र नेपाल भित्रिन शुरू गरेको छ ।
त्यस्तै १० हजार मेट्रिक टन डिएपी मल भारतको कोलकोत्ताबाट नेपाल आयात भइरहेको जनाएको छ ।
जिटुजितर्फको २५ हजार मेट्रिक टन डिएपी जेठ ७ गतेबाट स्रोत मुलुकबाट नेपाल आउँदै गरेको र असारको दोस्रो हप्ताबाट नेपाल भित्रिन शुरू गर्ने कृषि मन्त्रालयले जनाएको छ ।
त्यसैगरी २५ हजार मेट्रिक टन डिएपी स्रोत मुलुक चीनबाट चलान भइसकेको र आज कोलकोत्ता आइपुग्ने र असारको पहिलो हप्ताबाट नेपाल भित्रिने छ ।
त्यस्तै ३० हजार मेट्रिक टन युरीया मल जेठ २७ गते कोलकोत्ता आइपुग्ने र असारको पहिलो हप्ताबाट नेपाल भित्रिन सुरू हुने कृषि मन्त्रालय जनाएको छ ।



![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



