काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार दुइ तिहाइ बहुमतसहित विश्वासको मत लिएका छन्।
आचार्य गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश सभामुख तुलाराम घर्ती मगरले विश्वासको मतको पक्षमा ७० मत र विपक्षमा ११ मत खसेको घोषणा गरेका छन्।
कुल ८७ सांसद मध्ये बहुमतका लागि ४४ सांसदको संख्या आवश्यक पर्ने भए पनि आचार्यलाई ७० मत परेको छ।
संविधानतः मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आचार्यले प्रदेश सभामा विश्वासको मतका लागि प्रश्ताव दर्ता गराएका थिए।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



