Outline Khabar
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
                                                       
No Result
View All Result

काठमाडौंको दोस्रो जित, लुम्बिनीको प्लेअफ सम्भावना सकियो

काठमाडौंको दोस्रो जित, लुम्बिनीको प्लेअफ सम्भावना सकियो

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई हराएसँगै काठमाडौंले दोस्रो जित निकालेको हो । आजको खेलमा हार बेहोरेसँगै लुम्बिनीको भने प्लेअफ सम्भावना सकिएको छ ।

काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो ।

Subisu

लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। उनले २८ बलमा २ चौका प्रहार गरेका हुन्। जोराले आठौं विकेटका लागि सुर्य तामाङसँग ३२ रनको साझेदारी बनाए पनि त्यो जितका लागि पर्याप्त भएन ।

लुम्बिनीका लागि उन्मुक्त चन्दले १४ रन बनाए । उनले १९ बलमा १ चौका प्रहार गरेका हुन् । सुर्य तामाङले ११ रन बनाए । लुम्बिनीले पावरप्लेमा ३ विकेटको क्षतिमा १६ रन बनाएको हो ।

ओपनरद्वय आशुतोष घिरौया ४ रन र अर्जुन साउद ३ रनमा समेटिँदा तेस्रो विकेट टम मोरिसको गयो । चौथो विकेट कप्तान रोहितको विकेट गयो। उनलाई दिपेश कँडेलले एलबीडब्ल्यु आउट गराए । उनले उन्मुक्त चन्दसँग २३ रनको सझेदारी गरे । रोहितले १५ बलमा ८ रन बनाउँदै आउट भए ।

पाँचौं विकेट उन्मुक्त चन्दको रुपमा लुम्बिनीले गुमायो । छैटौं विकेट साद बिन जफरलाई डक आउट हुँदै गुमाए। सातौं विकेट विवेक यादवको गयो । अन्तिम विकेटका रुपमा अभिशेष गौतम रासिद खानको बलमा एलबीडब्ल्यु आउट भए। सुर्य तामाङ ११ रनमा अविजित रहे ।

काठमाडौंका लागि कप्तान करण केसीले ४ विकेट लिए । दिपेश कँडेलले ३ र गेरहार्ड इरास्मसले २ विकेट लिए भने रासिद खानले १ विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ काठमाडौं गुर्खाज १९.२ ओभरमा १०३ रन बनाउँदै अलआउट भएको हो । गुर्खाजका लागि तेस्रो क्रममा आएका भिम सार्कीले सर्वाधिक ३१ रन बनाए । उनले ३९ बलमा १ चौका प्रहार गर्दै अर्जुन साउदबाट स्टम्पिङ आउट भए । गुर्खाजले पावरप्लेमा ४ विकेट गुमाउँदै २३ रन बनाएको थियो ।

पाँचौं विकेटका लागि डान डाउथवेटले भिमसँग ४२ रनको साझेदारी गर्दै काठमाडौंको क्रिज सम्हालेका थिए । उनलाई १२.६ ओभरमा विवेक यादवले कप्तान रोहितको हातमा क्याच गराए। उनले २४ बलमा २ छक्कासहित २१ रन जोडे ।

१३.४ मा काठमाडौंले पुन अर्को विकेट गुमायो । रासिद खान खाता नै नखोली रन आउट भए । काठमाडौं गुर्खाजले १५ ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनाएको हो ।
सातौं विकेट कप्तान करण केसीको गयो । उनलाई १५.२ ओभरमा सुर्य तामाङले खाता खोल्नेबित्तिकै टियू कर्नरको बाउन्ड्रीमा क्याच गराए । अन्तिम विकेटका रुपमा प्रतिक श्रेष्ठ २० रन बनाउँदै बोल्ड आउट भए ।

लुम्बिनीका लागि साद बिन जफरले ३ विकेट लिए । रेमोन्ड सिमोन र अभिषेश गौतमले समान २÷२ विकेट लिए। सुर्य तामाङ र विवेक यादवले १/१ विकेट लिए ।
काठमाडौं गुर्खाजको यो चौथो खेल हो । अगाडीको ३ खेलमा पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको काठमाडौंले दोस्रो खेलमा भने कर्णालीलाई ३ विकेटले हराएको हो । तेस्रो खेलमा पुन सुदुरपश्चिम रोयल्ससँग ७३ रनको हार बेहोरेको हो ।

लुम्बिनीको भने यो छैटौं खेल हो। पहिलो ४ खेलमा लगातार हार बेहोरेको लुम्बिनीले पाँचौं खेलमा भने चितवन राइनोजलाई ३३ रनले हराएको हो। आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले जनकपुर रोयल्सलाई ७२ रनले हराएको थियो । ११ औं दिन पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ। दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारी कर्मचारीको इन्धन कटौती, मन्त्री र संवैधानिक पदाधिकारीको इन्धन सुविधामा चलेन कैँची

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

बिहीबारसम्म मुद्दा दायर नभए ओली र लेखक रिहा हुने

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host