काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायहरुबाट लेखी आएबमोजिम कार्यालयको साउन १ गते बसेको बैठकले कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण कम्पनी तथा व्यवसायीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिने नसक्ने कार्यालयद्वार बुधबार जारी सूचनामा उल्लेख छ ।