काठमाडौं । सरकारले आगामी वर्ष वृद्ध भत्तासहित समाजिक सुरक्षा भत्ता नबढाउने भएको छ । मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले ज्येष्ठ नागरिकलगायत लक्षित समूहलाई सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको उल्लेख छ ।
सरकारले दिने सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन गरिएको पुनले जानकारी दिएका छन् ।
पछिल्लोपटक आर्थिक वर्ष २०७८/६९ को बजेटले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको थियो । यसअनुसार वृद्ध भत्ताबापत मासिक ४ हजार रुपैयाँ दिने गरिएको छ । सरकारले ज्येष्ठ नागरिकसहित अपांगता भत्ता, एकल महिना भत्तासहित बाल पोषण भत्ता दिंदै आएको छ ।