Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

आज जनैपूर्णिमा,रक्षाबन्धन धारण गरेर मनाइँदै

आज जनैपूर्णिमा,रक्षाबन्धन धारण गरेर मनाइँदै

dav

काठमाडौं । आज जनैपूर्णिमा । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ । आज (सोमवार) बिहानैबाट यज्ञोपवित एवं रक्षावन्धन धारण गरेर जनैपूर्णिमा मनाइँदैछ ।

आज दिनभर नै रक्षावन्धन र जनै लगाउने गरिन्छ । आज विहानैदेखि पाटनको कुम्भेश्वरसहित देशभरका मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट धाम, रसुवाको गोसाईकुण्ड, लगायतका धार्मिक स्थलमा बिहानैदेखि स्नान गरी शुद्ध हुने र मन्दिरमा व्राह्मण, पुरोहीतहरुले मन्त्रिएका जनाइ र रक्षा बन्धन लगाउने प्रचलन छ ।

Subisu

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्वीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं रक्षासूत्र बाँध्ने गर्दछन् । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी कवचको रुपमा घेरेर राख्दा अत्यन्त बलशाली दानवराज बली बाँधिएका, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षावन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

रक्षावन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन वद्धो बलिराजा दानवेन्द्रो महाबल, तेनत्वां प्रतिवध्नामि रक्षमा चल मा चल’ भन्ने मन्त्रसहित रक्षासूत्र बाँध्ने वैदिक परम्परा रहेको छ । साथै राजा बलीको घमण्ड तोड्नका लागि भगवान विष्णुले वामनको रुप लिएको र भिक्षा माग्दा बलीले आफूसँगै बस्नुपर्ने वाचासहित आफ्नो शिरमा अन्तिम पाउ राख्न लगाएको पौराणिक कथा छ ।

लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाएपछि आफ्नो श्रीमान विष्णुलाई आफूसँग ल्याउन पाएको र संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि रहेको र त्यस समयदेखि नै रक्षा वन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दु ग्रन्थहरुमा उल्लेख छ ।

क्वाँटी खाने दिन

जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ।

नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।

काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ। जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host