Outline Khabar
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
                                                       
No Result
View All Result

मध्यपूर्वका मुस्लिम देशमा किन आक्रमण गरिरहेको छ इरान ?

मध्यपूर्वमा कहाँ-कहाँ छन् अमेरिकी अड्डाहरू ?

मध्यपूर्वका मुस्लिम देशमा किन आक्रमण गरिरहेको छ इरान ?

कतारकाे राजधानी दाेहा।

काठमाडौं। अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई इरानविरुद्धको ‘ठूलो सैन्य अभियान’बताएका छन्। आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको कार्यालय आसपासका स्थानहरूलाई पनि निशाना बनाइएको छ।

इरानले पनिआक्रमणपछि मध्यपूर्वमा रहेका अमेरिकी सेल्टरलाई निशाना बनाउन सुरु गरेको छ। इरानी सेनाले बहराइनमा रहेको एक अमेरिकी नौसैनिक अड्डामाथि आक्रमण गरिएको बताएकाे छ। अमेरिका र इजरायलले इरानमाथि गरिरहेका व्यापक र लगातार आक्रमणको जवाफमा इरानले पूरै क्षेत्रमा आक्रमण सुरु गरेको दाबी गरिरहेकाे छ।

Subisu

इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्सले आफ्नो वक्तव्यमा अमेरिका-इजरायलका आक्रमणको जवाफी कारबाहीस्वरूप ‘ट्रुथफुल प्रमिस-४’ अभियानअन्तर्गत अमेरिकी अड्डा र सम्पत्तिलाई निशाना बनाइएकाे बताएकाे छ।

अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकका लागि चेतावनी जारी गरेको छ। अमेरिकाको तर्फबाट जारी वक्तव्यमा भनिएको छ, ‘अमेरिकी सरकार संयुक्त अरब इमिरेट्स, दोहा र बहराइनमा रहेका आफ्ना नागरिकलाई ‘घरभित्रै सुरक्षित रहन’ आग्रह गर्दछ।’

एक वक्तव्यमा भनिएको छ कि अरागचीले साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन र इराकजस्ता देशहरूमा रहेका आफ्ना समकक्षीसँग फोनमा कुरा गरेका छन्।

वक्तव्यमा यी देशहरूलाई भनिएको छ कि इरानले आफ्नो अखण्डताको रक्षा गर्न आत्मरक्षाको कानुनी अधिकारअन्तर्गत आफ्ना सबै रक्षात्मक र सैन्य क्षमता प्रयोग गर्नेछ।

वक्तव्यअनुसार अरागचीले यी देशहरूलाई यो पनि स्मरण गराएका छन् कि इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणका लागि उनीहरूको सुविधा र क्षेत्रको गलत प्रयोग रोक्नु उनीहरूको जिम्मेवारी हो। इरानका विदेशमन्त्री अब्बास अरागचीको यो वक्तव्य आउनुअघि कतारको राजधानी दोहामा आक्रमण र साइरनको आवाज सुनिएको थियो।

कतारको रक्षा मन्त्रालयले सरकारी मिडियालाई उद्धृत गर्दै भनेकाे छ, ‘देशको भूमिलाई निशाना बनाएर गरिएका धेरै आक्रमणहरू सफलतापूर्वक विफल पारिएको छ।’

कतारको राजधानी दोहा नजिक रहेको अल उदैद एयरबेस मध्यपूर्वमा अमेरिकी सेन्ट्रल कमाण्डको हवाई अपरेसन मुख्यालय हो।

यसअघि कुवेतको रक्षा मन्त्रालयका प्रवक्ता कर्नेल सऊद अब्दुलअजिज अल-अतवानले फेसबुक पोस्टमा भनेका थिए, ‘अली अल-सलेम विमानस्थल (जहाँ अमेरिकी वायुसेनाको उपस्थिति छ) लाई धेरै ब्यालिस्टिक मिसाइलद्वारा निशाना बनाइएको थियो, तर कुवेती वायु रक्षा बलहरूले तिनलाई सफलतापूर्वक विफल पारे।’

बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आपतकालीन साइरनबारे जानकारी दिएको छ। बहराइनले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा जान पनि आग्रह गरेको छ। बहराइनको नेशनल कम्युनिकेशन सेन्टरले भनेकाे छ, ‘अमेरिकी नौसेनाको पाँचौँ बेडाको सेवा केन्द्र मिसाइल आक्रमणको निशानामा परेको छ।’

बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ बेडाको सेवा केन्द्र रहेको छ, जसको कार्यक्षेत्रमा खाडी, रातो समुद्र, अरब सागर र हिन्द महासागरका केही भाग समावेश छन्।

अमेरिकी सेनाको तर्फबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन। यद्यपि अमेरिकी दूतावासले यसअघि बहराइनमाथि मिसाइल र ड्रोन आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै नागरिकलाई सुरक्षित स्थानमा बस्न चेतावनी दिएको थियो।

संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले पनि एक वक्तव्यमा भनेकाे छ, ‘देशमाथि ‘इरानी ब्यालिस्टिक मिसाइलद्वारा गरिएको स्पष्ट आक्रमण’ भएको छ।’

अबुधाबीमा अमेरिकाको सैन्य अड्डा पनि छ। अल धफरा यूएस एयर बेस यूएईको राजधानी अबु धाबीको दक्षिणमा अवस्थित छ।

अमेरिकी वायु सेना यूएई वायु सेनासँग मिलेर अबु धाबीको दक्षिणमा रहेको अल धफरा हवाई अड्डाबाट सञ्चालन गर्छ।

मध्यपूर्वमा कहाँ-कहाँ छन् अमेरिकी अड्डाहरू ?

मध्यपूर्वमा अमेरिकी सेनाका धेरै अड्डा छन्। बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ बेडाको मुख्यालय छ। यहाँबाट अमेरिका खाडी र आसपासका समुद्रमा हुने अभियानको निगरानी गर्छ।

कतारको राजधानी दोहा नजिक रहेको अल उदैद एयरबेस मध्यपूर्वमा अमेरिकी सेन्ट्रल कमाण्डको हवाई अपरेसन मुख्यालय हो। यो मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी हवाई अड्डा हो र यहाँ करिब १० हजार अमेरिकी सैनिक तैनाथ छन्।

करिब १०,००० सैनिकसहित अमेरिकी सेन्ट्रल कमाण्डको अग्रिम मुख्यालयका रूपमा कार्य गर्दछ।

संयुक्त अरब इमिरेट्समा रहेको अल धफरा यूएस एयर बेस पनि अमेरिकी वायु सेनाका लागि महत्वपूर्ण स्थान हो।

दुबईमा रहेको जेबेल अली बन्दरगाह अमेरिका काे औपचारिक सैन्य अड्डा होइन, तर यस क्षेत्रमा अमेरिकी नौसेनाको मुख्य बन्दरगाह हो।

यसका अतिरिक्त अमेरिका इराकको ऐन अल असद हवाई अड्डामा आफ्नो उपस्थिति कायम राख्छ। उत्तरी इराकको एरबिल हवाई अड्डा पनि यस क्षेत्रमा अमेरिकाका लागि महत्वपूर्ण स्थान हो।

जहाँसम्म साउदी अरबको कुरा छ, त्यहाँ करिब २,३०० भन्दा बढी अमेरिकी सैनिक साउदी सरकारसँग मिलेर एयर र मिसाइल डिफेन्स सेवा प्रदान गरिरहेका छन्। प्रिन्स सुल्तान हवाई अड्डा अमेरिकी सेनाका अभियानका लागि महत्वपूर्ण स्थान हो।

जर्डनमा रहेको मुवफ्फक अल साल्टी हवाई अड्डा लेभान्ट क्षेत्रमा हुने अभियानका लागि अमेरिकी वायु सेना सेन्ट्रलको ३३२औँ एयर एक्सपेडिशनरी विंगका लागि महत्वपूर्ण मानिन्छ। बिबिसी हिन्दीबाट अनुवाद।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host