काठमाडौं । भूगर्भ सिमेन्टले सर्वसाधारणमा जारी पुँजीको २० प्रतिशतका दरले प्रतिसेयर अंकित मूल्य १०० मा साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरे ।
कम्पनीले कपिलवस्तुको शिवराज नगरपालिका–६ मा सिमेन्ट कारखाना तथा अर्घाखाँचीको नरपानी/खाँचीकोटमा खानी सञ्चालन गर्दै आएको छ । कम्पनीले ओपिसी (भूगर्भ सिमेन्ट) तथा पिपिसी (अपोलो, क्रिस्टल, देउराली) सिमेन्ट उत्पादन गर्दै आएको छ ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



