Outline Khabar
मङ्लबार, असार २४, २०८२
Tuesday, July 8, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, असार २४, २०८२
Tuesday, July 8, 2025
                                                       
No Result
View All Result

बालेनलाई असफल बनाउन खोजिँदै छ, स्थानीय तहलाई दलविहीन बनाऔँ : सांसद शाही

गिरीबन्धुको फाइल कहिले खोलिन्छ ?, :सांसद शाही
Subisu

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले स्थानीय तहलाई दलविहीन बनाउन माग गरेका छन्। ठूला दलका शीर्ष नेताले नै वडाध्यक्षलाई विरोध प्रदर्शन गर्न आदेश दिने गरेको भन्दै शाहीले स्थानीय तहलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने बताए।

विश्वका धेरै देशमा दलविहीन स्थानीय तह रहेका उल्लेख गर्दै उनले सोमबारको प्रतिनिधिसभा बैठकमा भने, ‘एउटा वडाध्यक्षलाई दलको केन्द्रीय शीर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइरहेको छ। ठीक छ, यो संसद् हो । यहाँ दलको आवश्यकता छ, दलीय राजनीति गरौँ । तर, स्थानीय तहमा अब दलविहीन राजनीतिको आवश्यकता छ।’

Subisu

स्वतन्त्र निर्वाचित भएकै कारण काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनलाई असफल पर्ने खेल भइरहेको सांसद शाहीको दाबी छ। राजनीतिलगायत सबैतिर सिन्डिकेट गरेर देश विकास नहुने भन्दै उनले चिन्ता व्यक्त गरे।

‘काठमाडौं महानगरपालिकाको बजेट अहिले अस्तव्यस्त पारिएको छ। जनताले जनप्रतिनिधिलाई वडाध्यक्ष चुनेका हुन् कि कुनै दलको कार्यकर्तालाई ? यहाँ (संसद्)भित्र बसेका हामी सबैले अब के बुझ्न आवश्यक छ भने यदि साँच्चै देश विकास गर्ने हो, साँच्चै लोकतन्त्र, प्रजातन्त्र आएको हो भने जनताबाट निर्वाचित मान्छेलाई त स्वतन्त्र छोडिदिऊँ,’ उनले भने, ‘आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वतन्त्र चुनाव जितेकै कारण उनलाई कसरी असफल बनाउने ? कसरी अप्ठ्यारो पार्ने ? कुन नेताको घरमा हाजिर लगाएर वडाध्यक्षहरूलाई नाराजुलुस गरेर आज देशलाई अस्तव्यस्त गर्ने काम गरिएको छ। यो अस्तव्यस्त बनाउने काम बन्द गरियोस् र स्थानीय तहमा दलविहीन राजनीति होस्।’

सांसद शाहीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको अध्यादेशको नाममा संसदबाटै गिरिबन्धु टी–इस्टेटको जग्गा खान खोजिएको आरोप लगाए। ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको अध्यादेश आयो भनेको त यो त गिरिबन्ध टी–इस्टेटको जग्गा बेचेर खाने अध्यादेश आएछ । अगाडिबाट कान समाउनु र पछाडिबाट कान समाउनु एउटै हो,’ उनले भने, ‘भूमिसुधार ऐनको दफा १२ लाई संशोधन गरी गिरिबन्धु टी–इस्टेटको जग्गा कब्जा गर्ने गरी आज यही सदनबाट पारित गर्ने भनी नीति बन्दै छ।’

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

मानव अधिकार आयोग दशैं बिदामा खुला रहने

स्वास्थ्य सेवा तत्काल सुचारु गर, नागरिकको अधिकार सुनिश्चित गर : आयोग

प्राधिकरणले जारी गर्‍यो ७५ पेजको श्वेतपत्र, यस्तो छ सारांश

शाक्यद्वारा सय दिने कार्यकालको प्रगति सार्वजनिक

दोहोरो अंकले घट्यो सेयर बजार

शेयर बजार परिसूचक झिनो अंकले घट्यो

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

उद्धार गर्न सरकार युद्धस्तरमा छ, विभागलाई ‘हाई एलर्ट’मा राखिएको छ : प्रधानमन्त्री

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

एघार महिनामा १५ खर्ब ३२ अर्ब भित्रियो रेमिट्यान्स

ताजा समाचार

मानव अधिकार आयोग दशैं बिदामा खुला रहने

स्वास्थ्य सेवा तत्काल सुचारु गर, नागरिकको अधिकार सुनिश्चित गर : आयोग

प्राधिकरणले जारी गर्‍यो ७५ पेजको श्वेतपत्र, यस्तो छ सारांश

शाक्यद्वारा सय दिने कार्यकालको प्रगति सार्वजनिक

दोहोरो अंकले घट्यो सेयर बजार

शेयर बजार परिसूचक झिनो अंकले घट्यो

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

उद्धार गर्न सरकार युद्धस्तरमा छ, विभागलाई ‘हाई एलर्ट’मा राखिएको छ : प्रधानमन्त्री

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

एघार महिनामा १५ खर्ब ३२ अर्ब भित्रियो रेमिट्यान्स

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host