काठमाडौं । सुनको भाउ बुधबार तोलामै २ हजार रुपैयाँले बढेको छ । योसँगै छापावाल सुन आज १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। यो हालसम्मकै उच्च हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि १ लाख ४९ हजार १ सय रुपैयाँ पुगेको छ।
सुनको मूल्य आकाशिँदा चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। योसँगै बुधबार चाँदी १ हजार ८ सय ९५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।