काठमाडौं । सुनको मूल्य फेरि उकालो चढ्न थालेको छ। मंगलबार तोलामा ९ सय रुपैयाँ बढेको हो। योसँगै सुनको मूल्य डेढ लाख प्रतितोलातिर नजिकिँदै गएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ४७ हजार ८ सय रुपैयाँ, तेजाबी सुन १ लाख ४७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन छापावाल सुन १ लाख ४६ हजार ९ सय, तेजाबी सुन १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने घटेको छ। १० रुपैयाँले सस्तो भएको चाँदी आज १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको हो।