Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

कांग्रेस महामन्त्री थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

कांग्रेस महामन्त्री थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रूपमा पार्टीको विशेष महाधिवेशन आह्वान गरेका छन्। बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले पार्टी विधानको पालना गर्दै कांग्रेसलाई जीवन्त र सुदृढ बनाउन विशेष केन्द्रीय महाधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन्। बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई बलियो बनाउने र जनभावनाअनुरूप नीति निर्माण गर्न विशेष निर्णय लिन अपरिहार्य भएको उनीहरूको भनाइ छ।

वक्तव्यमा उल्लेख भएअनुसार विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २४८८ जना, अर्थात् ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्। प्रतिनिधिहरूको उक्त माग विधानसम्मत र बाध्यकारी रहेको उनीहरूको दाबी छ।

Subisu

महामन्त्रीद्वयले विशेष महाधिवेशनको मागसहित निवेदन पेस भएको तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्नु केन्द्रीय कार्यसमितिको जिम्मेवारी भए पनि त्यो सम्भव हुन नसकेको उल्लेख गरेका छन्। ‘विधान बमोजिम निवेदन दिइसकेपछि विशेष महाधिवेशन बोलाउन नसक्ने अवस्थाको परिकल्पना नेपाली कांग्रेसको विधानले गरेको छैन,’ वक्तव्यमा भनिएको छ, ‘विधान बमोजिम कारणसहित माग गरिएको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार कसैलाई छैन।’

उनिहरूले बहुमत महाधिवेशन प्रतिनिधिहरूको विशेष महाधिवेशनको मागप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको जनाउँदै पौष २७ र २८ का लागि तय गरिएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रूपमा समेत अपरिहार्य र बाध्यकारी भइसकेको बताएका छन्।

विशेष महाधिवेशन नबोलाउनु विधानको पालना नगर्नु तथा राजनीतिक दलसम्बन्धी कानुनको समेत विपरीत हुने भन्दै नेतृत्वमाथि प्रश्नसमेत उठाइएको छ। ‘“विधान र कानून बमोजिम पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्नु केन्द्रको कर्तव्य हो,’ उनीहरूले भनेका छन्, ‘लोकतान्त्रिक पार्टीका जिम्मेवार पदाधिकारीको रूपमा यो हाम्रो वैधानिक र नैतिक दायित्व हो, हामीले त्यो जिम्मेवारी पूरा गर्नुपर्छ र गर्नेछौँ।’

महामन्त्री थापा र शर्माले पार्टी विधानको धारा ३(१२) तथा धारा २७(१) लाई आत्मसात् गर्दै धारा १७(२) अनुसार मिति २०८२ साल पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।

‘विशेष महाधिवेशन ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि’ हो,’ उनीहरूले वक्तव्यमा उल्लेख गरेका छन्, ‘पार्टीमा नयाँ ऊर्जा भर्न हामी दृढ संकल्पित छौँ र जस्तोसुकै कठिन परिस्थितिमा पनि पार्टीलाई एकढिक्का राख्न प्रतिबद्ध छौँ।’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host