काठमाडौं । गृह मन्त्रालयले प्राकृतिक विपद्बाट पछिल्लो २४ घण्टाभित्र १७ जनाको मृत्यु भएको जानकारी दिएको छ।
आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रविलामिछानेले यही समयभित्र ३ जना घाइते भएको र ३८ जिल्ला प्रभावित बनेको जानकारी दिए।
उनका अनुसार पछिल्लो १२ घण्टामा भने १५ जनाको मृत्यु र ३ जना घाइते भएका छन्। उनले प्राकृतिक विपद्लाई सामना गर्न निरन्तर खोजी र उद्धार कार्यलाई निरन्तरता दिएको पनि बताए।
उनले भने, ‘खाद्यसामग्री पुर्याउने काम भइरहेको छ,खोजी तीव्र भइरहेको छ।’