काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई सुविधा थैलीमा भएका सम्पूर्ण सुविधा बीमितहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
बोर्डले सोमबार देशभरीका अधिकांश सेवा प्रदायक संस्थाहरुले सुविधा थैलीमा भएका सेवा समेत बीमितहरुले बाहिरबाट लिनु परेको थाहाँ पाएपछि उक्त सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।
सुविधा थैली अन्तर्गत सेवा सुविधाहरुको परिमार्जिट विवरण तथा दररेट, २०८१ बमोजिम उपलब्ध नगराइ बिरामीलाई छुटै खरिद गर्न लगाएर अतिरित्त शुल्क उठाउने संस्थाहरुलाई कानुनी कारबाही गर्ने चेतावनी बोर्डले दिएको छ ।













