Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु

काठमाडौं । तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९\८० को लेखापरीक्षणमा आधारित महालेखापरीक्षक कार्यालयको ६१ औं प्रतिवेदन सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त प्रतिवेदनले हालसम्मको अद्यावधिक बेरुजु र कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको जनाएको छ ।

आर्थिक वर्ष २०७९\८० मा मात्रै अद्यावधिक बेरुजु ९५ अर्ब ६० करोड २१ लाख रुपैयाँ र कारबाही टुङ्गो लगाउनुपर्ने लेखा परीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्नेलगायत रकम एक खर्ब ४० अर्ब ९५ करोड ३० लाख रुपैयाँ बराबर पुगेको छ । अर्थात् गत आर्थिक वर्षमा मात्र दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ बराबर बेरुजु थपिएको छ ।

Subisu

गत आर्थिक वर्षमा महालेखाले तीनवटै तहका पाँच हजार छ सय पाँचवटा निकायको कुल ७८ खर्ब ८१ अर्ब ८० करोड रुपैयाँ बराबर लेखापरीक्षण गरेको थियो ।

महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ । सङ्घीय सरकारी कार्यालयतर्फको कुल बेरुजुमा अर्थ मन्त्रालयको बेरुजु मात्रै ५४ दशमलव ७४ प्रतिशत बराबर देखिएको हो ।

गत आर्थिक वर्ष २०७९\८० मा अर्थ मन्त्रालयको १७ खर्ब २२ अर्ब ५७ करोड २८ लाख रुपैयाँ बराबरको लेखापरीक्षण हुँदा असुल गर्नुपर्ने रकम तीन अर्ब ५५ करोड ३२ लाख रुपैयाँ र नियमित गर्नुपर्ने २१ अर्ब ९२ करोड १५ लाख रुपैयाँ गरी कुल २५ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ बराबर रहेको छ ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १२ अर्ब नौ करोड ३८ लाख रुपैयाँ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तीन अर्ब १२ करोड ४३ लाख रुपैयाँ, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको रु एक अर्ब एक करोड ६७ लाख र सहरी विकास मन्त्रालयको ९२ करोड १० लाख रुपैयाँ बराबर बेरुजु देखिएको छ ।

त्यसैगरी, खानेपानी मन्त्रालयको रु ७६ करोड ४६ लाख, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको ६० करोड ५९ लाख रुपैयाँ , गृह मन्त्रालयको ५४ करोड चार लाख रुपैयाँ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ४० करोड ७७ लाख रुपैयाँ र परराष्ट्र मन्त्रालयको ३८ करोड ६७ लाख रुपैयाँ बराबर बेरुजु रहेको छ । यी दशवटा मन्त्रालयमा मात्र सङ्घीय सरकारी कार्यालयतर्फको ९७ दशमलव ४२ प्रतिशत बेरुजु रहेको छ ।

प्रदेशतर्फ सबैभन्दा धेरै बेरुजु मधेश प्रदेशको देखिएको छ । आर्थिक वर्ष २०७९\८० को लेखापरीक्षणसम्ममा मधेश प्रदेशको कुल बेरुजु आठ अर्ब ३१ करोड आठ लाख ५८ हजार रुपैयाँ बराबर छ ।

हालसम्मको बेरुजुको अवस्था हेर्दा कोशी प्रदेशको पाँच अर्ब ५८ करोड चार लाख सात हजार रुपैयाँ , बागमतीको चार अर्ब २८ करोड पाँच लाख ६१ हजार रुपैयाँ , गण्डकीको दुई अर्ब ६८ करोड ५५ लाख ४२ हजार रुपैयाँ बराबर छ ।

त्यस्तै, लुम्बिनीको रु चार अर्ब दुई करोड नौ लाख ६९ हजार, कर्णालीको तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशको दुई अर्ब ६८ करोड २९ लाख २९ हजार रुपैयाँ बराबर बेरुजु देखिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ ले प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रित नपु¥याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको विषयलाई बेरुजुका रुपमा परिभाषित गरेको छ ।

महालेखापरीक्षक तोयम रायाले महालेखाको ६१ औं प्रतिवेदनबाट विभिन्न आठवटा क्षेत्रमा सुझाव लिइएको बताए । “शासकीय प्रबन्ध, सार्वजनिक वित्त व्यवस्थापन, विकास व्यवस्थापन, सार्वजनिक प्रशासन सुधारलगायतका क्षेत्रमा तोकिएबमोजिम परीक्षण, मूल्याङ्कन एवम् विश्लेषण गरी सुझाव प्रस्तुत गरिएको छ”, रायाले भने, “मुलुकको समग्र अर्थतन्त्र, सार्वजनिक सम्पत्तिको व्यवस्थापन, सूचना प्रविधि, सुशासनलगायत क्षेत्रहरुमा पनि सुझाव दिइएको छ ।”

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host